यसपटकको सूर्यग्रहण चार राशीका लागि मात्रै लाभ योग रहेको छ ।

रविबार सूर्यग्रहण लाग्दैछ । रविबार लाग्ने ग्रहण यसवर्षको एकमात्र सूर्य ग्रहण हुनेछ । ग्रहणको अवलोकन गर्दा सूर्यको केही भाग नैऋत्य,दक्षिण ढाकिएको हुनाले खण्डग्रास मात्र देखिनेछ ।

स्पर्श विहान १०:५३ बजे
मध्य मध्यान्ह १२:३८ बजे
मोक्ष अपरान्ह २:२३ बजे
( कुल अवधि ३ घण्टा ३१ मिनेट )

नेपालमा बिहान १०.५० मिनेटमा सुरु हुने सूर्यग्रहण १२.३८ मिनेटमा मध्य हुने र दिउँसो २.२३ मिनेट जाँदा सकिने छ । ग्रहणको समयमा नेपालबाट करीब १२.३५बजे सूर्यको अधिकांश भाग ढाकिएको देखिने छ।
ग्रहणको समय तीन घण्टा ३३मिनेट रहेको छ । अाषाढ ६ गते शनिवार राति १०बजेर ५० मिनेटदेखि ग्रहणको सुतक लाग्ने भएकोले बाल,वृद्ध ,अातुर बााहेक अरुलाई भोजन निषेध गरिएको छ।

सूर्यग्रहण कसरी लाग्छ ?

सामान्यतया चन्द्रमा सूर्य र पृथ्वीको बीचमा पर्दा सूर्यग्रहण लाग्छ । पृथ्वी र चन्द्रमाले सूर्यको परिक्रमा गर्ने क्रममा चन्द्रमा सूर्य र पृथ्वीको ठीक बीचमा पर्ने संयोग नै सूर्यग्रहण हो । अर्थात चन्द्रमा बीचमा परेको बेला सूर्य चन्द्रमाले छेक्न पुग्दा पृथ्वीमा छायाँ बन्न जान्छ । र छायाँ बनेको पृथ्वीको धरातलमा सूर्य छेकिन गएको देखिने अवस्थालाई सूर्यमा ग्रहण लागेको भनिन्छ । खण्डग्रास र खग्रास सूर्यग्रहण देखिनुमा विभिन्न तत्वले काम गरेको हुन्छ । चन्द्रमा र पृथ्वीले आफ्नो अक्षमा घुम्ने क्रममा प्रत्येक १८ महिनामा पृथ्वीको कुनै न कुनै भागमा सूर्यग्रहण लागेको देखिन्छ ।


चन्द्रमाको बनोट करीब साढे करोड वर्षअघि भएको विश्वास गरिन्छ । र बिस्तारै चन्द्रमा पृथ्वीबाट टाढिदैछ । उक्त दुरी वार्षिक करीब १.६ इञ्च÷चार सेन्टिमिटर मापिएको छ । वर्तमान अवस्थामा आकाशमा चन्द्रमाको आकार सूर्यको जत्तिकै देखिन्छ । र त्यसै कारणले पूर्णरुपमा छेकेको देखिने हो । तर उक्त कारण सधैं सत्य न हुन्न पनि सक्छ ।न्यूनातिरिक्त भैरहने छ।

ग्रहणमा के गर्ने, नगर्ने ?

खगोल विज्ञानले ग्रहण लागेको बेला गर्न हुने÷नहुने केही नरहेको बताउँछ । तर धार्मिक मान्यतासँगै ज्योतिष विज्ञानले भने सूर्य ग्रहणको बेला गर्न हुने र नहुने कार्यलाई वर्गीकरण गरेको छ । उक्त मान्यता बमोजिम ग्रहण लागेको बेला दानपुण्य गर्ने, भिक्षा दिने, धार्मिक कार्य गरमाे राम्रो फल प्राप्त हुनेछ ।गंगा स्नानको महिमा ठूलो छ।

गङ्गास्नानं तु कुर्वीत ग्रहणे चन्द्रसूर्ययो:।
महानदीषु चा$ न्यासु स्नान कुर्याद्यथाविधि।।

ग्रहणको समयमा भोजन निषेध गरिएको छ।

सूर्यग्रहे तु नाश्नीयात्पूर्वं यामचतुष्टयम्।
चन्द्रग्रहे तु यामांस्त्रीन्बा लवृद्धातुरैर्विना।। (निर्णयसिन्ध.)


सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर अगाडिदेखि बालक, वृद्ध वा अशक्त बाहेकलाई भोजन नगर्ने निर्देश दिइएको छ।
धार्मिक शास्त्र अनुसार मानिसले भोजन गुर्न हानिकारक मात्र होइन स्वास्थ्य प्रति प्रतिकुल समेत हुने बताइएको छ । यस्तोमा चन्द्रमामा पर्ने असरको सिंधा रुप अन्नमा पर्ने भएकाले अन्न ग्रहण नगर्नु जायज मानिन्छ।
यतिमात्र होइन ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ।

  • गङ्गास्नानं तु कुर्वीत ग्रहणे चन्द्रसूर्ययो:।
  • महानदीषु चा$न्यासु स्नान कुर्याद्यथाविधि।।

ज्योतिषशास्त्रमा ग्रहण लागेको राशि र नक्षत्रलाई दोषयुक्त मान्दै ती राशि र नक्षत्रमा जन्मेकाहरूका व्यक्तिहरूलाई पीडा हुने बताइएको छ। ग्रहणका कार्य यसैगरी ग्रहणको प्रकृति हेरी ग्रहण भएको दिनदेखि अघिल्लो ३ दिन र पछिल्लो ३ दिनलाई शुभकार्यको लागि त्यागिन्छ। ग्रहणको समयमा सूर्यबाट प्राप्त हुने उर्जामा केही गडबडी पैदा हुने हुँदा यस समयमा सम्पूर्ण प्राणीलगायत मानिसमा समेत नकारात्मक असर पर्दछ। यसकारण पनि ग्रहणको समयमा भोजनादि त्यागेर मनलाई एकत्रित गरी शुभकार्य मात्र गर्नु धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक दृष्टिले पनि उपयुक्त मान्न सकिन्छ।

ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ ।ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न कामहरू

  • निद्रायां जायते व्याधि मुत्रेदारिद्र्यमाप्नुयात्।
  • पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकर:
  • अभ्यञ्जने भवेत्कुष्टि भोजने स्यादधोगति।
  • वन्धने च भवेत्सर्पं वधे च नरकं व्रजेत्।।

भोजन नगर्ने

ग्रहण लागेको समयमा भोजन तयार गरिएको छ भने त्यसलाई ग्रहण नगर्ने । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानु । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरू छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।

यौन सम्बन्ध न राख्नु

शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गुणले भरिएको हुने उल्लेख छ ।

ग्रहणपछि सरसफाइ गर्ने

ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र भगवान्को अभिषेकादि कार्य गर्ने ।

पुजा नगर्ने

ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजादि सेवा बन्द गर्नु पर्छ । यो समयमा मन्त्र जप गर्दै भगवान्को ध्यान गर्न सकिन्छ

गर्भवती बाहिर जानु हुँदैन

गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराब असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरू उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरू पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्

कुन राशीलाई के योग ?

सूर्यग्रहण लागेको बेला आठ राशीले सूर्यग्रहण हेर्न वर्जित गरिएको छ। सूर्यग्रहणको बेला मृगशिरा नक्षत्र र मिथुन राशिकाव्यक्तिुलाई अतिकष्ट हुनेछ । । यसपटकको सूर्यग्रहण चार राशीका लागि मात्रै लाभ योग रहेको छ ।

कन्यालाई सुख प्राप्ति,

मेषलाई श्री, यश, मानको प्राप्ती , तथा

सिंह राशी भएकाले धन, पदलाभ हुनसक्ने र

मकरराशीलाई सुख प्राप्ती हुनेछ ।

राशि_अनुसार_लाग्ने_ग्रहणफल

( १ ) मेष : श्रीप्राप्ति

( २ ) वृष : क्षति

( ३ ) मिथुन : घात

( ४ ) कर्कट : व्यय

( ५ ) सिंह : लाभ

( ६ ) कन्या : सुख

( ७ ) तुला : माननाश

( ८ ) वृश्चिक : कष्ट

( ९ ) धनु : स्त्रीपिडा

( १० ) मकर : सुख

( ११ ) कुम्भ : चिन्ता

( १२ ) मीन : व्यथा

विशेषगरी ..
आषाढ ६ गते शनिवार राति १०:५० बजेदेखि ग्रहणको सुतक लाग्ने भएकोले बाल , वृद्ध , आतुर ,
र सख्त बिरामी वाहेक अरुलाई भोजन निषेध ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Instagram