रामानुज स्वामीजी का चौहत्तर वाक्य

१, आफ्ना आचार्य एवं भागवत दुबैको कैङ्कर्य
समान भावले गर्नुपर्दछ ।
२, पूर्वाचार्य र उहाँका ग्रन्थमा विश्वास राख्नुपर्दछ ।
3, इन्द्रीयहरुको दास बनेर रहनुहुँदैन ।
४, सामान्यशास्त्रहरुमा आसक्तबुद्धि नराख्नू ।
५,भगवद् विषयक शास्त्रहरुमा नै रुचि राख्नुपर्छ ।
६, आचार्यचरणका कृपाले यदि ज्ञानको सागर आफ्ना
हृदयमा आयो भने भूलेर पनि शब्दादी विषयको दास नबन्नू ।
७, शब्दादि विषयहरुलाई सामान्यदृष्टिले हेर्नुपर्दछ ।
८, पुष्प,चन्दन, पान आदिमा कहिल्यै पनि
वासनात्मक रुचि नराख्नू ।
९, भागवतहरुको कृपा नभैइ भगवान् मिल्नुहुन्न
भन्ने ठानी भगवानका साथसाथै भागवतहरुको
पनि संकीर्तन गर्नुपर्छ ।
१०, भागवतहरुको आदेश पूर्णतः पालन गर्नू ।
११, रागादिदेखी प्रेरित अज्ञानीहरु भगवान् र
भागवतहरुलाई वास्ता गर्दैनन् र विषयमा
आशक्त भएर नष्ट हुन्छन् ।
१२, श्रीवैष्णवहरुले स्वरुपानुरुप अनुष्ठान भगवत्प्राप्तिको
उपाय (साधन) मानेर नगर्नू, उपेय (फल) रुप मान्नू ।
१३, महाभागवतहरुलाई एकवचनले नबोलाउनू ।
१४,श्रीवैष्णवहरुलाई देख्नेवित्तिकै साष्टाङ्ग गरीहाल्नू ।
१५, भगवान एवं भागवतका सामने गोडा नपसार्नू ।
१६, भगवान, भागवत, आचार्यका स्थानतर्फ गोडा
पसारेर नसुत्नू ।
१७, विहानै उठ्नु र गुरुपरम्पराको अनुसन्धान गर्नू ।
१८, भगवत्सन्निधिमा बसेका भागवतहरुलाई
”समस्तपरिवारविशिष्टाय श्रीमते नारायणाय नमः “
भनेर साष्टाङ्ग गर्नू ।
१९, भगवान् र भागवतहरुको गुणानुवाद गर्दै गरेको
श्रीवैष्णवहरुलाई यथाशक्ती पूजा र प्रणाम नगरी
अगाडि नबड्नू ।
२०, श्रीवैष्णव आएको देख्दा सम्मुख गएर स्वागत गर्नू र
फर्कंदा समेत केही परसम्म पुर्याउन जानू यसो नगरे
अपराध हुन्छ ।
२१, आत्माको उज्जीवन गर्न आफूलाई श्रीवैष्णवको
शेषभूत मानुपर्छ र श्रद्धापूर्वक वहाँहरुकै आज्ञाको
अनुसरण गर्दै शरीरको पोषण गर्नुपर्दछ ।
२२, घर घर भट्केर आफ्नो नियम छाडेर
जीवन यापन नगर्नू ।
२३, भगवानका मन्दिर, गोपुर एवं विमानहरुको दर्सन
हुँदा प्रणाम गर्नू, अन्य साधरण देवता ईत्यादिको
विचित्रता देखेर आश्चर्य नमान्नू ।
२४, देवतान्तरको महिमा सुनेर आश्चर्य नमान्नू ।
२५, भगवद् भागवतको महिमा वर्णन गर्दैगरेको पुण्य
पुरुषलाई देख्दा हर्षोल्ला गर्नू, मनमा आनन्द आएन
भने अपचार सुनिश्चित छ ।
२६, श्रीवैष्णवको छाया पनि ननाघ्नू ।
२७, आफ्नो देहको छाया पनि श्रीवैष्णवमाथी नपार्नू ।
२८, असंस्कारीहरुलाई छोएपछि फेरि श्रीवैष्णवलाई छुनुपर्छ ।
२९, दरिद्र श्रीवैष्णवको अभिवादनको प्रत्युत्तर नदिनु भागवतापचार हो ।
३०, “दासानुदास” भनेर प्रणाम गर्ने श्रीवैष्णवको आदार
गर्नू, अनादर गर्यो भने महान अपचार हुन्छ ।
३१, श्रीवैष्णवको जन्म, कूल, निद्रा, आलस्यादिको चर्चा नगर्नू ।
३२, दोष नदेखी श्रीवैष्णवहरुको गुणकै मात्र चर्चा गर्नू ।
३३, सामान्य ब्यक्तिका अगाडि भगवान एवं
भागवतहरुको श्रीपादतीर्थ नलिनू ।
३४, तत्त्वत्रय र रहस्यत्रय न जान्नेको श्रीपादतीर्थ नलिनू ।
३५, ज्ञानी, सदाचारी श्रीवैष्णव भागवतहरुको श्रीपादतिर्थ
भने यत्नपूर्वक (खोजी-खोजी) लिनुपर्दछ ।
३६, भागवतहरु र आफुमा सम (बराबर) बुद्धि नगर्नू ।
३७, भूलले पनि यदि प्राकृत ब्यक्तिको स्पर्श भयो भने
सचैल स्नान गरेर भागवतको श्रीपादतीर्थ लिनु ।
३८, भक्ति, ज्ञान, वैराग्य सम्पन्न महात्माहरुलाई नित्यसुरी
समान मानेर उनमा विश्वास राख्नु ।
३९, भक्ति, ज्ञान, वैराग्य सम्पन्न श्रीवैष्णव
महात्माहरुमा प्रेम बढाउनू ।
४०,प्राकृत ब्यक्तिहरुका घरमा भगवानको तीर्थ
ईत्यादि ग्रहण नगर्नू ।
४१, प्राकृत ब्यक्तिहरुका घरमा स्थित भगवानका
विग्रहको सेवा नगर्नू ।
४२, भगवानको दिब्यदेश छ भने प्राकृत ब्यक्तिहरुको
उपस्थितिमा पनि तीर्थप्रसाद ग्रहण गर्दा दृष्टिदोष लाग्दैन,
(दिब्यदेशको यस्तो महिमा छ)
४३, उपवास छ भनेर भगवानका सन्निधिमा भागवतहरुले
दिएको गोष्ठी-प्रसाद त्याग नगर्नू ।
४४, सर्वत्र पवित्र गर्ने भागवतप्रसादमा उच्छिष्ठ भावाना नगर्नू ।
४५, श्रीवैष्णवहरुका सामने आफ्नो प्रशंसा कहिल्यै
नगर्नू , सधैँ नैच्यानुसन्धान गर्नू ।
४६, श्रीवैष्णवहरुका अगाडि कसैको तिरस्कार नगर्नू ।
४७, एकैछिन पनि श्रीवैष्णव महात्माहरुका गुणहरुको
अनुभव र कैङ्कर्य नछोड्नु ।
४८, दैनिक अनिवार्य आचार्यदेवका गुणहरुको
अनुसन्धान गर्नू ।
४९, दिनमा एकै घडी भए पनि दिब्यसूरिका प्रबन्धहरुको
अनुसन्धान गर्नू ।
५०, देहाभिमानी जनहरुको संगत नगर्नू ।
५१, शङ्खचक्रांकित भएर पनि बिषयमा लम्पट छन्
भने तिनको संगत नगर्नू ।
५२, अर्काको छिद्र खोज्नेहरुको साथमा वार्तालाप नगर्नू ।
५३, संयोगवश देवतान्तरका भक्तको संगत भइहाले पनि
महाभाग्यशाली श्रीवैष्णवको संगत गरेर दोष निवृत्त गर्नू ।
५४, भगवानका भक्तको निन्दकलाई नहेर्नू ।
५५, आचार्यद्वेषीलाई कहिल्यै पनि नहेर्नू ।
५६, द्वयमन्त्रमा निष्ठाराख्ने भागवतसँग संगत गर्नू ।
५७, उपायान्तरमा निष्ठा भएकाहरुको संग त्याग्नू ।
५८, प्रपत्तिमा निष्ठा भएकाहरुसँग संगत गर्नु ।
५९, रहस्यत्रय, तत्त्वत्रयका मर्मज्ञहरुसँग सदा संगत गर्नू ।
६०, अर्थ, कममा तत्परहरुलाई चटक्कै छाडेर भगवानको
भक्तिमा श्रद्धा राख्ने सँग मात्र संगत गर्नू ।
६१, कुनै श्रीवैष्णवले आफ्नो तिरस्कार गरे पनि चुप
लाग्नू, मलाई यसो गर्यो भनेर विलकुल नसम्झिनू ।
६२, श्रीवैष्णवहरुको ईच्छा वैकुण्ठबाट आएको हो भन्ने
ठानी श्रीवैष्णवहरुको निरन्तर भलाई गर्नू ।
६३, ठूलो फल प्राप्त हुन्छ भने पनि धर्मविरुद्ध कार्य
बुद्धिमान्ले नगरोस, सारै अहितकर हुन्छ ।
६४, भगवानलाई समर्पण नगरेको अन्न ग्रहण नगर्नू ।
६५, भगवानलाई अर्पण नगरी फूल, चन्दर, पान, फल,
जल, वस्त्र आदि नलिनू ।
६६, नमागिकन पाईए पनि कुनै पनि वस्तु उपायान्तरले
स्विकार नगर्नू ।
६७, जाती, निमित्त र आश्रयले दुष्ट अन्न भोग नलगाउनू ।
६८, शास्त्रानुसारका सवै वस्तु भोग लगाउनू, आफ्नो रुचि
मात्र हेरेर हैन ।
६९, भगवद्-अर्पित अन्न, जल आदिमा प्रसादबुद्धि राख्नू,
भोग बुद्धि होईन ।
७०, भागवतापचार नै सर्वनाशको कारण हो,
भगवन्मुखोल्लास नै आफ्नो उन्नती हो ।
७१, मन्त्रत्रय (मूल,द्वय,चरम) एवं मन्त्रार्थमा पूर्ण निष्ठा
राख्ने महाभागवतहरुको शाश्त्रीय कर्महरुलाई
कैङ्कर्यबुद्धिले सम्पन्न गर्नू ।
७२, भागवतपूजा भन्दा ठूलो पुरुषार्थ र भागवतद्वेष भन्दा
ठूलो आत्मनाश छैन ।
७३, अर्चावतारमा शिलाबुद्धि, आचार्यमा मानबुद्धि,
श्रीवैष्णवहरुमा जातिभावाना, भगवनको तिर्थ र
श्रीवैष्णवको श्रीपादतीर्थमा जलभावाना, दोषहरु नाश
गर्ने सिद्ध नाममन्त्रमा सामान्य शब्दको बुद्धि एवं सर्वेश्वर
भगवानमा अन्यदेवता समानको बुद्धि यिनै कुराहरुले नै
नरकमा पार्ने महापाप हुन्छ, भगवत् -भागवत् -आचार्य
अपचार भनेकै यिनै हुन् ।
७४, भागवत- अर्चना भगवानको पूजाभन्दा श्रेष्ठ छ ।
भगवानको अपमानभन्दा भागवतहरुलाई गरेको अपमान
जघन्य हुन्छ । भगवानको चरणोदकभन्दा भागवतहरुको
श्रीपादतीर्थ उत्तम भएकाले भागवतहरुका आराधानामा
तत्पर रहनू ।
साभार..
🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Instagram